आजको मौसमः पहाडी भू-भागमा बदली, चट्याङ र हावाहुरी सहितको वर्षा हुने

  |   प्रकाशित :

काठमाडौं । आजको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यता सफा रहने जनाएको हो । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech