नेपाली ह्याकर र भारतीय ह्याकरबीच प्रतिस्पर्धा, भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण

  |   प्रकाशित :

काठमाडौं । नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धा शुरू भएको छ । 

भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार मात्र ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको जनाइएको छ ।

भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धा शुरु भएको हो । इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजिरहेको छ ।

यसअघि नेपाली ह्याकरहरूको समुहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका थिए । नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेका थिए । 

आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचयत्र पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्तिगत विवरण राखिएको हुन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech