सुदूरपश्चिम प्रदेश सरकार हराएको सुचना जनहितमा जारी, भेटाउनु भएमा सम्पर्क गर्न अपिल !

  |   प्रकाशित :

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार हराएको सुचना जनहितमा जारी गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले सुदूरपश्चिम प्रदेशका लागि चयन भएको प्रदेश सरकार हराएको सुचना फेशवुबमार्फत जनहितमा जारी गरिएको हो ।

सुचनामा भट्टले ‘नेपाल राज्यको सुदूरपश्चिम प्रदेशका लागि चयन भएको प्रदेश सरकार केही महिना अघिसम्म धनगढ़ीका सडकमा बाटो हिंड्ने नागरिकलाई हिलो छ्याप्दै झण्डावाल गाडीमा मस्त गुडिरहेको देखिन्थ्यो । त्यसैले हामीलाई सुपमा पनि सरकार भएको र धनगढ़ी राजधानी भएको दरिलो अनुभूति हुन्थ्यो । कोरोना भाइरसका केशहरू आउन थाले देखि झल्याक झुलुक मात्रै देखिने उक्त प्रदेश सरकार अहिले केही हप्ता यता बेपत्ता छ ।’ देखेका छन् ।

भट्टले थपेका छन्– ‘यहाँका नागरिक खोजिरहेछन्, पत्रकार खोजिरहेछन्, मेयरहरू खोजिरहेछन, नाकामा अलपत्र हजारौं सन्त्रस्त मान्छे पनि उक्त सरकारको खोजीमा छन् । तर, सुप सरकार बेपत्ता हराएको छ १ कि त, कतै भाङ् खाएर सुतेको होला । जे होस्, बेपत्ता छ । यदि कसैले कतै भेट्नु भएमा धनगढी भन्सार वारी र पारी भारतबाट सास्ती खेप्दै आएको हजारौं अलपत्र नागरिक कहाँ पुर्याईदिन हुन यो सार्वजनिक सूचना जनहितमा जारी गरिएको छ ।’

sitaram

त्यस्तै, नेपाली काग्रेंसकी नेतृ डा. आरजु राणा देउवाले पनि नेपाल सरकार कहाँ छौ ? भनेर समाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । 

उनले ‘आज मात्रै २००० भन्दा बढी सुदूरपश्चिमेलीहरु र १५०० भन्दा बढी कर्णालीबासीहरु गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरे । वहाँहरुको दुर्दशा हेर्दा यो सरकारसंग प्रश्न गर्न चाहन्छु, खोई त वहाँहरुलाई सुरक्षित राख्ने व्यवस्था गरेको ? खोइ त टेस्टिंग गरेको ? खोइ त क्वारेन्टाइनको उचित व्यवस्था गरेको ?’ भन्दै प्रश्न गरेकी छन् । 

नेतृ देउवाले सबैलाई उचित व्यवस्था मिलाई सुरक्षित क्वारेन्टाइनमा राखी आफ्नो गाउँ घर पुग्ने व्यवस्था मिलाइदिनहुन सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले ‘यस्तो चर्को गर्मीमा वहाँहरुले सार्है पीडा भोगी रहनु भएको छ । तसर्थ यसमा कुनै विलम्ब नगरी सबैलाई उचित व्यवस्था मिलाई सुरक्षित क्वारेन्टाइनमा राखी आफ्नो गाउँ घर पुग्ने व्यवस्था मिलाइदिनहुन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ भनेकी छन् । 

नेतृ देउवाको स्टाटसमा अगाडी ‘नागरिकहरुको हेरचाह र सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । साथै भारत तथा अन्य मुलुकबाट नेपाल आउन चाहनु हुने नागरिकहरुलाई सुरक्षित नेपाल ल्याउने व्यवस्था मिलाउन हुन पनि अपिल गर्न चाहन्छु ।’ भनिएको छ ।

arzu

bhumi

hikmat

hikmat

dhami

फाेटाेः खबरकुञ्जबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech