डा. गोविन्द केसी १८ औं अनसन बस्दै, यस्तो छ माग

  |   प्रकाशित :

काठमाडैं । डा. गोविन्द केसीले फेरि अनसन बस्ने भएको छ । 

डा केसीले आज प्रेस विज्ञप्ति निकाल्दै आगामी जेठ २० गतेदेखि २ दिन अनसन बस्ने घोषणा गरेका हुन् । यस पटकको अनसन केसीको १८ औं पटकको अनसन हुनेछ ।

डा केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया शुरु गर्न माग गर्दै र चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै दुई दिन अनसन बस्ने घोषणा गरेका हुन् ।

यसभन्दा अगाडी बिभिन्न माग राख्दै १७ पटक सम्म बसिसकेका थिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech