अफगानमा दुई हजार तालिबानी लडाकू जेलमुक्त गर्यो

  |   प्रकाशित :

काठमाडौं । अफगानले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गरेको छ । 

अफगानका राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका हुन् । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिए ।

हाल तालिबानी विद्रोही समूह र सरकार दुबैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेका छन् । राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धबिरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गरे ।

प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech