देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

  |   प्रकाशित :

काठमाडौं । देशबासीका नाममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बेलुका साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । त्यसअघि बेलुका ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकमा बजेट, एमसीसी परियोजन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech