कोरोना अपडेटः ७ जना संक्रमित थपिए, संक्रमित संख्या ६८२ पुग्यो

  |   प्रकाशित :

काठमाडौं। देशमा थप ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एक थप मृतकसहित सातजना संक्रमित थपिएका हुन् । जसमध्ये ६०३ पुरुष र ७९ महिला छन् ।

आज थपिएका संक्रमितमा बाराका ७० वर्षीय मृतक वृद्ध छन् । यसका अलावा अछामका ३२ वर्षीय पुरुष, गुलरिया बर्दियाका २२ र २४ का र १८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । पर्साका १८ र कलैया बारामा कार्यरत काठमाडौंका २८ वर्षीय पुरुष संक्रमित देखिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech