सरकारद्धारा स्थापित कोरोना कोषमा सवा दुई अर्ब, खर्च नहुदाँ औषधिको चरम अभाव

  |   प्रकाशित :

काठमाडौं । सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म सवा दुई अर्ब जम्मा भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको हो।

कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभुत औषधि, उपकरणको चरम अभाव देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन नसकेको जनाए छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech