नारायणी अस्पतालमा भिटीएम उपल्ब्ध गाराउन माग गरेकै कारण चिकित्सकहरुबीच हानाहान

  |   प्रकाशित :

काठमाडौं । वीरगञ्ज महानगरपालिका स्थित नारायणी क्षेत्रीय अस्पतालमा कार्यरत डाक्टर र डा. मधुरन्जन सिंहबीच हातपात भएको छ । 

मेडिकल सुप्रिटेंडेंटसँग नारायणी अस्पतालमा थप सेवा सुविधा उपल्ब्ध गाराउन माग गर्दै आएका डा. मधुरन्जन सिंह र नारायणी अस्पतालमा कार्यरत डा. उदयनारायण सिंह, डा. दीपक चौरसिया र डा. साहबुद्दिनबीच समान्य हातपात भएको हो । 

अस्पतालमा थप सेवा सुविधा (भिटीएम) उपल्ब्ध गाराउन माग गरेकै कारण चिकित्सकहरुबीच हातपात भएको जनाएको छ । डा. सिंहले नारायणी अस्पतालमा भिटीएम (स्विाव संक्लन गरि राख्ने भाडो) आवश्यक रहेको भन्दै उपलब्ध गरान माग गर्दै आएका थिए । ‘नारायणी अस्पतालमा पीसीआर मेसिन छ, तर भटीएम छैन ।’ डा. सिंहले भने ‘भटीएम नहुदाँ हामीले स्वाव परिक्षण गर्न सकेका छैन।’

नारायणी अस्पतालले विरामीहरुलाई अचित सेवा दिन नसकेको एक डाक्टरको ठहर छ । उनले भने ‘यहाँ सेवामा त्रुटी छ, विरामीहरु आफैले आफु बसेको ठाउँ सफा गर्नु पर्छ, यहाँ अस्पतालले खाना पनि उपल्ब्ध गराउन सकेको छैन, बाहीरको एक संस्थाले उपल्ब्ध गराएको छ ।’

तर, यसै घटनाबारे वीरगंजमा अक्वावह फैलिएको छ । स्थानिय समाचार माध्यमले यसको गलत अर्थ लगाई आफुलाई बदनाम गरेको डा. मधुरञ्जनले भनेका छन् । डा. मधुरञ्जनले भने नारायणी अस्पतालका चिकित्सकहरुले अनाहकमा आफ्नो नाम मुछेको आरोप लगाएका छन् । 

घटनाको बारेमा कुरा गर्दै डा. मधुरञ्जनले अनियमितता र बेथितिका बारे बोल्दा आफूलाई नारायणीका केही चिकित्सकले बदनाम गराउन खोजेको बताए । सामान्य कुराकानीलाई झडप भएको भनेर प्रचार गरिएको भन्दै उनले आक्रोस पनि व्यक्त गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech