पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न देउवाको माग

  |   प्रकाशित :

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन्। 

नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका हुन् । 

उनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे । उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech