फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 

प्रकाशित: २०७४-१२-१९ गते | 1746 पटक हेरिएको
फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 


फिल्मी दुनियामा ‘गुमनाम’ भएको लख काटिँदैगर्दा ऋचा शर्मा निर्मात्रीका रुपमा  उभिइन्, केही समय अघि ‘आधा लभ’ लिएर । त्यसताका आफैले अभिनय गरेको लुट–२ को प्रचारप्रसारमा पनि उपस्थित नभएपछि उनीबारे अनेक अडकलबाजी भएका थिए । यतिबेला भने ऋचा चर्चामा छिन, फिल्मी इन्डष्ट्रिमा । त्यो चर्चा उनले निर्माण गरेको दोस्रो फिल्म ‘सुनकेसरी’का कारणभन्दा त्यसको विषयवस्तुले बढी दिलाएको हो । भूतप्रेतको कथावस्तुमा बनाइएको सुनकेसरीबारे ऋचा शर्मासँगको कुराकानी :

‘सुनकेसरी’ बनाउने कन्सेप्ट कसरी आयो ? 
हामी ‘आधा लभ’को सुटिङका लागि अस्ट्रेलियामा थियौँ । त्यहाँका केही दृष्लेले मेरो दिमागमा क्लिक गर्यो । मैले सोचेँ एक फरक विषयवस्तुमा फिल्म निर्माण गर्नुपर्छ । 

भूतप्रेतकै कथा बनाउने सोच किन आयो ? 
हेर्नुस, नियमिततामा चल्नु कुनै नयाँ काम होइन । एउटाले जे गर्यो, अर्कोले पनि त्यही वा त्यस्तै शैलीको काम गर्नुपर्छ भन्ने छैन । मैले फरक शैली र स्वादलाई टिपेर पस्कन खोजेकी हुँ । 
 

सुनकेसरीमा के छ त्यस्तो, जो फिल्म उद्योग र दर्शकका लागि फरक अनुभूति होस्  ?
भन्न त हरेकले आफूले गरेको काम फरक नै भन्छन् । तर सुनकेसरीले फिल्म इन्डष्ट्रिमा नयाँ स्वाद पस्कने प्रयत्न गरेको छ । यसले फिल्ममा जारी ट्रेन्डलाई थोरै भए पनि ब्रेक गर्ने काम गर्नेछ । 
 

अहिलेको फिल्म निर्माण शैलीप्रति तपाईंको असहमति हो ? 
असहमति होइन, मेरो प्रयत्न फरकपन पस्कने मात्र हो । अहिले फिल्म उद्योगमा लभ, एक्सन वा अपराधकथा मात्रै देख्न पाइन्छ । वा भनौ जुन शैलीको फिल्म चल्यो त्यसैलाई पच्छ्याउने प्रवृति छ । मैले कथावस्तु, लोकेशन र स्वाद नै फरक पस्कने प्रयत्न मात्रै गरेकी हुँ । 

त्यसका लागि भूतप्रेतकै कथा किन रोज्नु भयो ? 
हलिउडले कम्तिमा वर्षेनी २०÷२५ वटा हरर फिल्म निर्माण गर्छ । बलिउडमा त्यो क्रम कम छ । हाम्रोमा त छँदै छैन भन्दा पनि हुन्छ । त्यसैले फिल्म भनेको मानिसका अनेक चाहनालाई सम्बोधन गर्ने खालका बन्नुपर्छ । अहिलेको पुस्ताले हररलाई निकै रुचाएको मैले पाएकी छु, त्यसका लागि हलिउडकै भरपर्नुपर्छ । 
एक दिन एक रात, माला, झिग्रानाजस्ता केही हरर फिल्म त बनेका पनि छन्, नि ?
हो औंलामा गन्न पनि नपुग्ने बने । जुन चल्न सकेनन् । 

चल्न मुस्किल विषयवस्तुमा किन हात हाल्नुभयो त ? 
जहाँ जोखिम हुँदैन, त्यहाँ काम गर्नुको के मजा ? काम गरेपछि जोखिम बहन गर्ने आँट गर्नु पनि नयाँ कुरा हो । मैले र भीम न्यौपाने दाइले त्यो रिक्स् उठाउने आँट गर्यौं । 

भूतप्रेत, बोक्सीजस्ता विषय आलोचित भइरहेका बेला यस्तै विषयवस्तु बनाउनु न्यायसँगत होला ?
हेर्नुस, माने पनि भूत, भगवान वा अदृश्य शक्तिबारे हाम्रो समाजमा सानैदेखि भनियो, सुनियो । मानिस साँझपख एकान्तमा कुनै न कुनै तत्वबाट ‘डर’को अनुभूति गर्छ । हामीले त्यही डरको कथा यसमा समेटेका हौं, बोक्सी, धामी, झाँक्रीको नाममा गरिने अमानवीय प्रचलनको त म कट्टर बिरोधी हुँ । कैलालीको घोडाघोडीमा पछिल्लो समय भएका राधा चौधरी बहिनीमाथि दुव्र्यवहार गर्नेलाई त आजीवन सजाएँ हुनुपर्छ । त्यस्तालाई दिइएको सजायँले अरुले पनि गर्ने आँट नगरुन, म त्यो पक्षमा छु । सुनकेसरीले त्यस्ता विषयलाई प्रोत्साहन गर्दैगर्दैन । 

हरर फिल्म सुटिङ गर्नुको अनुभूति कस्तो हुँदोरहेछ ? 
फिल्ममा म, अष्टे«लियन नागरिक लरेन लपुबर्ग, रविन्द्र झा, सनी ढकाल मुख्य भूमिकामा छौं । कतिपय स्टन्ड गर्दा त साँच्चै डरलाग्दा मात्र होइन, सामान्य अवस्थामा पनि क्षण क्षणमा झस्काउने हुँदा रहेछन् । 

अस्टे«लियनले भूतप्रेतको कथामा कसरी न्यायसंगत भूमिका निभाउन सके ? 
यो एक बंगलामा तयार पारिएको एउटा ‘नेगेटिभ इन्र्जी’माथि बोलिएको कथा हो । साँच्चै भन्दा लरेनको जस्तो जीवन्त भूमिका हामीले गर्न सकेका छैनौँ । उनी स्वयम् पात्रमा पसेका छन् । कतिपय अवस्थामा उनी मनोवैज्ञानिक रुपले प्रभावित पनि भए । त्यो अनुभूति मलाई पनि भयो । 

भनेपछि, सुनकेसरीले दर्शक सन्तुष्ट हुन्छन् भन्ने दावी हो ? 
धेरै ठूलो दावी गर्दिन । हरर विषयवस्तुमा रुची राख्ने दर्शक हलमा मात्रै डराउने छैनन्, घरमा पनि वा सपनामा पनि केही समयसम्म उहाँहरु झस्किुनहुनेछ । केही दिनसम्म सुनकेसरी स्मरणमा बसिरहनेछ । 

कति खर्चनुपर्यो, सुनकेसरीलाई पर्दासम्म ल्याउँदा ? 
यहाँ गरेको भए ठिक ठिकै बजेटमा बन्थ्यो होला । तर यहाँ त्यसखाले लोकेशन नै थिएन । त्यहाँ लोकेशनको मात्रै ३२ लाख तिर्नुपर्यो, कतिपय स्टन्डहरुका लागि पनि त्यतिनै खर्च भयो । सम्पूर्ण रुपमा सुनकेसरी एक करोड ८० लाखमा जेठमा दर्शकको अगाडि ल्याउन सक्ने भयौं । 
-गज्जब साप्ताहिकबाट

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..

पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?
पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प..