ओलीको राष्ट्रवादमा राजेन्द्र महतोले यसरी दिए काउण्टर, बालुवाटारमा खैलाबैला !

  |   प्रकाशित :

काठमाडौं । जनता समाजवादी नेपाल पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा महतोले भारतसँग महाकाली सन्धी गर्ने बेला ओलीले गम्भीर गल्ती गरेको बताए । उनले सन्धी गर्ने बेला महाकाली नदीको मुहान कहाँ छ भनेर ओलीले किन ध्यान नदिएको भनेर प्रश्न गरेका छन् । बहशमा महतोले सवै जनताको स्र्ववीकार्य संविधान नभए सम्म राष्ट्रियता बलियो नहुने र अहिलेको परिवेशमा सीमा मात्रै राष्ट्रियताको विषय बन्न नसक्ने बताए ।

उनले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने अवस्थामा ७० वर्षपछि संविधानसभा मार्फत बनेको सातौ संविधानमा शासकहरुले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडी जान खोजेको ओरोप लगाएका छन्।

अहिलेको सत्ता नक्सवादी सोचले भरिएकाले पनि यो संविधानलाई सवैको संविधान बनाउन संशोधन गर्ने पक्षमा नदेखिएकाले संविधान संशोधन गर्दा यहि समयमा आफुहरुले उठाएका विषय पनि ल्याउनुपर्ने र एकै पटक संशोधन गरी जानुपर्ने भन्दै महतोले जनताको सवाल पनि राष्ट्रियताकै सवाल भएको बताए ।

‘राष्ट्रघातीहरुले किन नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानी ५० औँ वर्ष सम्म खोजेनन् । पहिले नेपालको नक्सामा भएको यी भूभागहरु पछि कसरी बेचिए र अहिले फेरी कसरी आयो । यो खोक्रो राष्ट्रवाद हैन भने सीमा र जनतासंगै हिडाउनुपर्छ । देश र जनतालाई छोडेर एकल रुपमा जानेहरु राष्टघाती हुन । नक्सलवादी भाव लिएर जानु हुदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ । प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन । राष्ट्रिय एकता भएन भने निसान चिन्ह राख्दैमा भूमि फिर्ता आउदैन ।’ उनले भने ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली संन्धी गर्दा के हेरेका थिए, त्यो बेला महाकालीको मुहान काहा थियो भनेर किन खोजिएन, अहिले भूमिलाई मात्रै राष्ट्रियता भन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको र राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने उनको भनाई छ ।

भारतसँग महाकाली सन्धी गर्ने बेला तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, खड्गप्रसाद ओली, विद्यादेवी भण्डारीसहितका नेताहरूले समर्थन जनाएका थिए । महाकाली सन्धीको समर्थन गरेको भन्दै तत्कालीन एमालेका नेताहरू बामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायतले विरोध गरेर पार्टी नै विभाजन गरेका थिए । 

ओलीमा पछिल्लो समय देखिएको राष्ट्रियताले नोक्सानी गर्ने संकेट महतोको थियो । महतोले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech