कांग्रेस संसदीय दलको बैठक बस्दै

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए अनुसार आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उनले जानकारी दिए । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech