अल–शबाब समूहको आक्रमणबाट नौ जना चिकित्सक मारिए

  |   प्रकाशित :

काठमाडौं । अल–शबाब समूहको आक्रमणबाट नौ जना चिकित्सक मारिएका छन् । 

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको हो । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ । एएनआई

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech