कोरोना कहरबीच पैसा नदिए बिरामी पठाइदिन्छु भन्दै बीरगंजका मेयर सारावगीको यस्तो हर्कत, देबकोटा मेयरको 'बिचौलिया' भएको प्रमाणित ! (अडियो सहित)

  |   प्रकाशित :

पर्सा। बीरगञ्ज महानगरपालिका कोरोना संक्रमणको उपचारका क्रममा आफ्नो हैसियत विर्सेर आफ्ना छिमेकी पालिकाहरुसँग मोलमोलाईमा गर्दै गरेको अडियो बाहिर आएको छ । 

कोरोना कहरबीच बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नाफाघाटाको हिसाव गर्दै हिडेका छन्। उनले स्थानिय अन्य पालिकाका अध्यक्ष र मेयरहरुसँग कोरोना संकमित विरामीको उपचारका लागि रकम मागेको र नदिनेहरुका हकमा उनीहरुको विरामी सम्वन्धित पालिकामै लैजान भनेको अडियो सार्वजनिक भएको हो । 

मेयर विजय सरावगीले पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुलाई फोन गरेर आफूलाई संघीय र प्रदेश सरकारले सहयोग नगरेको अवस्थामा सबैलाई पाल्न नसक्ने भनेका छन् । ‘मेरो दुईवटा गाउँबाट २५ लाखका दरले रकम पाउने मेरो मान्छे गोविन्द देवकोटा मार्फत जानकारी पाएको छु। अब जस्को गाउँबाट पैसा आएको छ उसलाई राख्छु अरुलाई राख्दिन।’ मेयरले भनेका छन् । 

सरावगीले फोनमा ‘गण्डक अस्पतालको सम्पूर्ण खर्च मैले महानगरपालिकाबाट मात्रै व्यहोरेको छु । सिदार्थ स्कूलको क्वारेन्टाइनको सम्पूर्ण खर्च मैले नै व्यहोरेको छु। ७५ जना डाक्टर नर्सको खाने बस्ने व्यवस्था मैले नै गरेको छु । उनीहरुको खाने बस्नेमै दैनिक डेढ लाख खर्च भइरहेको छ। ४५ लाख खानामा २५ लाख अस्पतालमा र हावीजावीमा २० लाख गरि मासिक ९० लाख खर्च भइरहेको छ।’ भनेका छन् । 
 
‘तपाइको मान्छेलाई लिन आफ्नो एम्वुलेन्स पठाउनुहोला नत्र म सेनाको एम्वुलेन्समा राखेर पठाइदिन्छु।’ मेयरले भनेका छन् । बैशाख २ गते यस नेपालपाना डटकमले ‘कोरोनाको कहरबीच मेयर सरावगी र रहबर अन्सारीको मिलोमतोमा पैसाको लागि ठुलो चलखेल, देवकोटा बने बिचौलिया’ भन्ने शिर्षकमा प्रकाशन गरेको समाचार अन्नतः सत्य सावित भएको छ । 

कोरोना कहरबीच बीरगञ्ज महानगरपालिका भइरहेको अनियमित्ता र चलखेल बारे नेपालपाना डटकमले सदैव समाचार प्रकाशन गर्दै आएका छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech