विश्व कोरोना अपडेटः ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख सङ्क्रमित

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ६२ हजार ६ सय १० पुगेको छ । 

सङ्क्रमितको सङ्ख्या ५९ लाख २१ हजार ६३२ पुगेको विश्व स्वास्थ्य सङ्गठन आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९५ हजार ९१४ जना निको भएका छन्। 

विश्वभरीमा २९ लाख ७३ हजार १०८ हाल कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस सङ्क्रमित ५३ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech