कोरोना महामारीका कारण यो वर्ष इतिहासकै सबैभन्दा ठूलो ‘सङ्कुचन’

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष इतिहासकै ठूलो सङ्कुचन देखिने विश्व व्याङ्कले जनाएको छ ।

कोरोनाभाइरसले विदेशमा काम गर्ने परिवारका सदस्यबाट घर आउने पैसामा निर्भर विश्वका ८० करोड मानिसहरूको जीवनलाई चिन्तामा पारेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार २० करोडभन्दा धेरै मानिसहरूले आफ्ना प्रियजनका लागि विदेशबाट पैसा पठाउँछन्। त्यसैलाई विप्रेषण भनिन्छ।

तर यो वर्ष भाइरस महामारीका कारण विप्रेषणको विश्वव्यापी मूल्य र आकारमा पछिल्लो इतिहासकै ठूलो सङ्कुचन देखिने विश्व व्याङ्कले जनाएको छ। विदेशमा काम गर्नेहरूले निम्न र मध्यम आय भएका आफ्ना देशका परिवारमा पठाउने पैसा सन् २०१९ मा रहेको ५५४ अर्बबाट २० प्रतिशतले कमी हुँदै यो वर्ष ४४५ अर्ब अमेरिकी डलर पुग्नेछ।

विश्व व्याङ्कका अनुसार त्यसको कारण खासगरी आप्रवासी कामदारहरूको आम्दानी र रोजगारीमा आएको सङ्कुचन हो। काम गरिरहेका देशका आर्थिक सङ्कटबीच आप्रवासी कामदारहरू आम्दानी र रोजगार गुमाउने सबैभन्दा बढी जोखिममा पर्ने देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech