भारतमा कोरोना सङ्क्रमितको सँख्या १ लाख ७४ हजार कट्यो, ५ हजारको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमित हुनेको सँख्या एक लाख ७४ हजार कटेको छ । 

पछिल्लो तथ्याँक अनुसार भारतमा कोरोना सङ्क्रमित हुनेको सँख्या एक लाख ७४ हजार २० पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सङ्क्रमितमध्ये ८२ हजारभन्दा धेरै निको भएका छन् भने ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रिमत छन् । 

यसका साथै स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई सय ६५ जनाको ज्यान गएको छ, योसँगै भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नौ सय ८१ पुगेको छ । 

भारतमा लकडाउन खुकुलो बनाउँदै रेल सेवा र बस सञ्चालनमा आएपछि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताइएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech