सप्तरीमा ९ कोरोना संक्रमित थपिए, देशमा संक्रमितको सँख्या १४ सय कट्यो

  |   प्रकाशित :

सिमरा । सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।  

वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा शनिबार आएको रिपोर्टमा डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश साहले जानकारी दिए ।

डाकनेश्वरी नगरपालिका–१ का एक, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का चार र वडा नम्बर ८ का दुई जनामा संक्रमित थपिएका हुन् । डाकनेश्वरी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या १२ पुग्दा सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ४२ पुगेको छ। 

अज मात्रै देशमा १८९ जना कोरोना सैक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । नेपालमा संक्रमित संख्या एक हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech