लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याइयो

  |   प्रकाशित :

काठमाडौं । सरकारले देशमा जारी लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । 

विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech