भारतमा होटल, रेस्टुरेन्ट तथा सपिङ मल खोल्ने 

  |   प्रकाशित :

काठमाडौं । कोरोना संक्रमण तिव्र भइरहेकै बेला भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। 

तीन चरणमा गरेर भारतले लकडाउन खोल्ने निर्णय गरेको छ । पहिलो चरणमा ८ जुन देखि होटल, रेस्टुरेन्ट तथा सपिङ मल खोल्ने निर्णय गरेको छ । त्यस्तै मन्दिर, मस्जिद तथा चर्चहरु पनि खुल्नेछ । तर, स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पालना गर्नुपर्ने छ ।

त्यस्तै दोस्रो चरणमा स्कुल तथा कलेज खुल्ने छन् । त्यसको मिति तय गरिएको छैन । तेस्रो चरणमा सार्वजनिक यातायात, फिल्म हल लगायत सुचारु गर्न लागिएको छ । भारतमा संक्रमण अझै केही समय बढ्ने देखिएको छ । केही महिना अझै नियन्त्रण नहुने र त्यो बेलासम्म पूर्ण लकडाउन गर्दा भोकमरीले नै धेरै मर्ने अवस्था आउने भएपछि खुकुलो गर्न लागिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech