नेपाल छिर्यो चिनियाँ विमान, समाजिक सञ्जालमा शुरु भयो विरोध 

  |   प्रकाशित :

काठमाडौं । आज एका बिहानै चिनियाँ विमान माउन्ट एभरेस्ट (सगरमाथा)मा उडीरहेको देखियो ।

मंगलबार बिहान चिनियाँ विमान बिचक्राफ्ट बि३००सी माउन्ट एभरेस्टको (२३८००) उचाईमा देखिएको जनाइएको छ । सगरमाथामा चिनियाँ विमान उडीरहेको देखिएसँगै समाजिक सञ्जालमा विरोध शुरु भएको भएको छ । 

No description available.

समाजिक सञ्जाल फेसबुकमा एक जनाले ‘चीनमा दर्ता भएको जहाज (बिचक्राफ्ट बि ३०० सी) नेपालको एयरस्पेस भित्र छिरेर, ३३,८०० फिटको उचाईमा, सगरमाथा क्षेत्रमा घुम्दैछ । अहिले सगरमाथा नाप्ने काम हुदैँछ, त्यही सिलसिलामा पनि हुन सक्छ । तर, नेपालको हवाई अनुमती लिएकै त होला नि ?’

No description available.

केहिसमय अगाडी चीनको सरकारी मिडीयाले सगरमाथा चीनको भुमिमा रहेका दावी गरेका थिए । नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थित रहेको संसारको सबैभन्दा अग्लो चुचुरो हो सगरमाथा । जसलाई चीनको सरकारी मिडीयाले आफ्नो भएको बताएका थिए । 

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । 

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा पर्ने प्रचार गर्न थालेपछि जताततै विरोध शुरु भयो जसअुुरुप, चाइना ग्लोबल टेलिभिजन नेटवर्कले पेजबाट विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको पोष्ट हटाए । 

यो हटाएपनि सगरमाथामा चीनको गतिविधि घटेको छैन । नेपालको अनुमती विना चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थाल्यो । र विश्वकै सर्वोच्च सिखर सगरमाथाको उचाई करिब ४ मिटरले घटेको बतायो । चीनको मापन अनुसार माउन्ट एभरेस्टको उचाई ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर आएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech