प्रधानमन्त्री ओलीलाई उपेन्द्र यादवको यस्तो काउण्टर, संसदमै ‘देखाईदिने’

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता उपेन्द्र यादवले संसदमै देखाईदिने भएको छ । 

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधानका विभिन्न २३ वटा धारा संशोधन नभए नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीलाई संसदमै देखाईदिने भएको हो ।

जनता समाजवादी पार्टी नेपालको नाममा एकीकरण घोषणा भएपनि आधिकारिकता पाइनसकेको  राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सोमबार संयुक्त रूपमा सङ्घीय संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् । 

सांसदहरु लक्ष्मणलाल कर्ण र राजेन्द्रप्रसाद श्रेष्ठले विधेयक संयुक्त रूपमा दर्ता गरेका हन् । दुई दलले संविधानका विभिन्न २३ वटा धारा संशोधनको माग गरेका छन् ।  उनीहरुले विभिन्न समयमा भएका आन्दोलनका क्रममा उठाएका विषयलाई संशोधन विधेयकमा समावेश गरेको बताएका छन् । 

शीर्ष नेता यादवले यस सन्दर्भमा बोल्दै ‘हामीले उठाउँदै आएका कुराहरु निर्वाचनसम्बन्धी सवाल, राज्यको पुनर्संरचनासम्बन्धी सवाल, न्यायपालिकासम्बन्धी सवालहरु, नागरिकतासम्बन्धी सवालहरु लगायतका विषयहरु संविधानमा हामीले सुरुदेखि नै उठाउँदै आएका हौँ । ती मुद्दाहरुलाई समेटेर विधेयक दर्ता गरिएको छ ।’ भनेका छन् । 

उनले थपे ‘यहाँबाट अगाडि बढाउने काम हामीले दर्ता गरेका हौँ । हामीले हाम्रा सरोकारहरु देश र जनताको लागि राख्यौँ । अब यसलाई अगाडि बढाउने सभामुखले हो, सरकारमा रहेका दलहरुले हो । अरू पार्टीहरुले पनि यसलाई सकारात्मक रूपमा लिइदिएर अगाडि बढाए भने मुलुकले निकास पाउने, राष्ट्रिय एकता दह्रो हुने छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech