संविधान संशोधन प्रस्ताव दर्ता गर्न कांग्रेसका तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरु संसद सचिवालयमा

  |   प्रकाशित :

काठमाडौं । संविधान संशोधनको प्रस्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू संसद सचिवालय पुगेका छन्।

मंगलबार दिउँसो कांग्रेसका तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न संघीय संसद सचिवालय पुगेका हुन्।

केन्द्रीय समितिले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुनः दर्ता गर्न दिएको निर्देशनअनुसार नै संशोधन दर्ता गर्न लागेको जनाएकाे छ । सिंहले भने, ‘पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन दर्ता गर्न लागेका हौं । उहाँहरुले फर्म्याट मिलाउँदै हुनुहुन्छ ।’

 ०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुन: दर्ता गर्न लागिएको हो। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech