भारतमा कोरोना संक्रमित सँख्या २ लाख नजिक, ५६ सय जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ६ सय १३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार १७१ नयाँ संक्रमित फेला परेका हुन् । 

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५ हजार ६ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण २०४ जनाको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech