कोरोनाः रौतहटमा एकैदिन थपिए ७४ संक्रमित 

  |   प्रकाशित :

रौतहट । आज एकैदिन रौतहटमा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech