काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मी कोरोना संक्रमित

  |   प्रकाशित :

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

२४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

देशमा मंगलबार मात्र २८८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech