‘खाने रे खाने रे.. केपी बाले भनेको कोरोनाको औषधी बेसार पानी रे...’ भन्दै  त्रिपाठी, नेपाली र तिवारी बजारमा (भिडीयोसहित)

  |   प्रकाशित :

काठमाडौं । ‘खाने रे खाने रे.. केपी बाले भनेको बेसार पानी रे...’ बोलको गीत सार्वजनिक भएको छ । 

प्रदीप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको स्वरमा रहेको ‘खाने रे खाने रे.. केपी बाले भनेको बेसार पानी रे...’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतको रचना र संगीत पनि ती तीन जना गायककै रहेको छ भने, गीतको एरेन्जर तारानाथ आचार्यले हुन् । 

बेसार पानी खाएको भए कोरोनाबाट कोही मर्न नपर्ने, सरकारले राम्रो काम गरेको तर जनता नै अल्छी भएर कोरोना लागेको जस्ता विषयहरु समेटेर व्यंग्य गरिएको छ। कोरोना उपचार तथा नियन्त्रणमा खर्च भएको १० अर्ब  त बेसार पानीले पो खाएको रहेछ भनेर गीतमार्फत व्यंग्य गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठक, प्रतिनिधि सभा बैठक लगायतका ठाउँमा बोल्दा कोरोना भाइरससँग लड्न अपनाउनु पर्ने उपाए, उपचारका टिप्सहरु दिएका थिए । प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति व्यंग्य गर्दै युवाहरूले एक गीत निकालेका छन् । 

कोरोना उपचार तथा नियन्त्रणमा खर्च भएको १० अर्ब  त बेसार पानीले पो खाएको रहेछ भनेर गीतमार्फत व्यंग्य गरिएको छ । प्रधानमन्त्रीको कोरोना रोकथाम र उपचारको प्रसंगमा सुनाएका बेसार पानी, हाछ्यूँ जस्ता किस्सा जोडेर सरकारका आलोचकहरुले विभिन्न माध्यमबाट व्यंग्य गर्दै आइरहेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech