आज पनि घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

  |   प्रकाशित :

काठमाडौं । आज पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनको मूल्य प्रतितोला ७ रूपैयाँ घटेको थियो । सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech