पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउँदै निगम

  |   प्रकाशित :

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

घाटा बढेको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेशन ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख घाटा हुने प्रक्षेपणसहित फेरि मूल्य बढाउने तयारी गरिएको हो ।

निगमका अधिकारीहरूले मूल्यबृद्धिको तयारीको विषयलाई गोप्य नै राखे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा बढेकाले चुनौती थपिएको बताएका छन् । नेपाल आयल निगमले यसअघि जुन १५ समायोजन गरेको मूल्य अनुसार पनि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको बताउँदै आएको छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ।

निगमले यही असार १६ मा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech