ओलीलाई सुवास नेम्वाङले सिध्याएको खुलासा, बहिर आयो तथ्य

नेपाल पाना प्रकाशित: २०७४-९-२० गते | 8169 पटक हेरिएको
ओलीलाई सुवास नेम्वाङले सिध्याएको खुलासा, बहिर आयो तथ्य

काठमाडौं । संविधान निर्माणका बेला एमालेका सुवासचन्द्र नेम्वाङले कांग्रेसलाई संविधानमा थापेको पासोमा केपी ओली परेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पनि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म नयाँ सरकार गठनको ढोका नखुल्ने व्यवस्था संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानको धारा ८४ को उपधारा ८ मा गरेका थिए ।

संविधानसभाका तत्कालीन अध्यक्ष नेम्वाङले आफ्ना पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको प्रधानमन्त्री पद निर्वाचन सम्पन्न भएपछि पनि थप चार महिना लम्ब्याउने नियतका साथ उक्त पासो थापेका थिए । संयोगले त्यो पासोमा यतिबेला ओली आफैं परेका छन् । संविधानमा आत्मघाती पासो थापेको भन्दै एमालेभित्रै नेम्वाङको आलोचना भएको थियो ।

२०७२ जेठमा प्रमुख दलहरूबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको थियो । संविधान जारी भएपछि साविकको सरकारको म्याद स्वतः सकिने, त्यसपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र उनले डेढ वर्षभित्र तीनवटै तहका निर्वाचन सम्पन्न गर्ने सहमति त्यतिबेला भएको थियो ।

आफ्नो आयु संविधान जारी हुँदाका दिनसम्म मात्रै रहने कुरा संविधानमै उल्लेख गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला राजी भएपछि मात्रै एमाले संविधान निर्माणको पक्षमा देखिएको हो ।

तत्कालीन प्रधानमन्त्री कोइरालाको आयु संविधान जारी भएका दिनसम्म भनेर तत्कालीन अध्यक्ष नेम्वाङले संविधानमै उल्लेख गराए । तर नयाँ सरकारले डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने सहमति भने नेम्वाङले संविधानको मस्यौदाबाट झिके ।

यसको सट्टा उनले संविधानको संक्रमणकालीन धारामा संसद्को आयु २०७४ माघ ७ गतेसम्म हुने प्रावधान छिराएका हुन् । २०७४ माघ ७ गतेसम्म ओली नै प्रधानमन्त्री रहने, त्यसपछि प्रतिनिधिसभाको निर्वाचनमा जाने रणनीति नेम्वाङको थियो ।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको निर्वाचन परिणाम आउन नसक्ने प्रावधान संविधानको धारा ८४ को उपधारा ८ मा नेम्वाङले उल्लेख गरेका थिए । यसको अर्थ हो, प्रतिनिधिसभाको निर्वाचन सकिए पनि थप चार महिना जति ओली नै प्रधानमन्त्री रहून् । मुलुकको राजनीति सुवास नेम्वाङ तथा खड्ग ओलीले सोचे जसरी अगाडि बढेन ।

प्रधानमन्त्री ओलीविरुद्ध सत्ताको सहयात्री माओवादीले नै अविश्वासको प्रस्ताव दर्ता गरायो । त्यसपछि नेम्वाङ र ओलीले भन्न थाले– ‘आमनिर्वाचन नभएसम्म प्रधानमन्त्री परिवर्तन हुने प्रावधान संविधानमा छैन, त्यसैले अविश्वासको प्रस्ताव पारित भए पनि एमालेले प्रधानमन्त्रीको कुर्सी छाड्नु पर्दैन ।’

संसदमा अल्पमतमा परिसकेको प्रधानमन्त्री कायमै रहने प्रावधान संविधानको कुनै धारामा नभेटिएपछि ओली कुर्सी छाड्न बाध्य भए । आमनिर्वाचन गराउने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा पुग्यो ।

आमनिर्वाचनपछि पनि थप चार महिना पुरानै प्रधानमन्त्री कायम रहने घुमाउरो प्रावधान नेम्वाङले ओलीका निम्ति राखेका थिए, तर त्यसको फाइदा यतिबेला देउवालाई भयो । नेम्वाङले थापेको त्यही पासोका कारण ओली प्रधानमन्त्री बन्न ढिलाइ मात्रै भएको छैन, उनी प्रधानमन्त्री बन्ने सम्भावना दिन गनेर कमजोर हुँदै गएको छ ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


स्वाजिल्याण्डका राजाले आँखिर किन परिवर्तन गरे देशको नाम?
स्वाजिल्याण्डका राजाले आँखिर किन परिवर्तन गरे देशको नाम?

काठमाडौं।अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन्। देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा उनले आफ्नो दे..

नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका विद्यार्थी पक्राउ
नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका विद्यार्थी पक्राउ

स्टाफ नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका एक विद्यार्थीलार्इ माेरङ प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा सप्तरी बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका मनिष म..

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक
बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन..

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर  अध्ययन
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर अध्ययन

– प्रकाश सिलवाल  काठमाडौँ। सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस..