चीनद्वारा दुई जिम्बाबेका कामदार मारिए, जेलाद्वारा चिनियाँ गतिविधिको निन्दा

  |   प्रकाशित :

काठमाडौं । चीनले दुईजना जिम्बाबेका कामदारलाई गोली हानी मारेका छन् । गेरुको रेडेन खानीमा चिनियाँ अधिकारीहरुले दुईजना कामदारालाई गोली हानी मारेका हुन् । 

उक्त घटनाको जिम्बाबे वातावरणी कानुन संघ (जेलां)ले निन्दा गरेको छ । जेलाले उक्त घटनाको निन्दा गर्दै भनेको छ, ‘चिनियाँ खानी मालिक र म्यानजरलाई हत्याको अभियोगमा पक्राउ गरिएको छ । चिनियाँ दूतावासले अनुसन्धानलाई सहयोग गर्नेभन्दै विज्ञप्ति जारी गरेको छ । उनीहरुको चिनियाँ दूतावास र चीन सरकारसँग कुनै सम्पर्क नभएको भन्दै पारदर्शीरुपमा घटनाको छानविन गरिनुपर्ने दूतावासले जनाएको छ ।’

चिनियाँहरुले विश्वभरका विभिन्‍न मुलुकमा मजदुरको अधिकार उल्लंघन गर्दै दमन गरिरहेको एक प्रवृतिको रुपमा आफूले बुझेको जेलाले जनाएको छ । अफ्रिाकाका विभिन्‍न मुलुकहरुमा चिनियाँ खानी लगानीकर्ताहरुले मजदुरको सुरक्षा, स्वास्थ्य, कामको समय र मानवअधिकारको उल्लंघन गरिरहेका छन् । 
काम गर्ने मजदुरहरुको अवस्थाका बारेमा केही ख्याल नगर्ने चिनियाँ प्रवृति पुरानो भए पनि पछिल्लो समय यो वृद्धि भइरहेको जनाइएको छ । चिनियाँ माइन कम्पनीहरुमा काम गर्ने मजदुरहरुले खतरा, रुग्ण र जीवनलाई नै दाउमा राखेर काम गर्नुपर्ने बाध्यता रहेको छ । 

चिनियाँद्वारा गोली हानी मारिएका दुईजना कामदारहरु वेन्डी चिकवारा र केनेडी ताचिवना रहेका छन् । उनीहरुको काम गरेको आफ्नो बाँकी पाश्रमिकको विषयमा विवाद भएको र विवाद बढ्दै जाँदा चिनियाँ खानी मालिकले उनीहरुलाई गोली हानेको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech