आज बस्ने भनिएको नेकपा स्थायी कमिटीकाे बैठक फेरी पनि स्थगित

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक फेरि एक हप्तासम्मका लागि स्थगित भएको हो । 

देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ । तर सहमति भने भैसकेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech