एमसीसी पास गर्न सहयोग गर्नुपर्ने शर्तमा पार्टीको मुख्य जिम्मेवारी प्रचण्डलाई दिने ओलीको प्रस्ताव !

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल पार्टी चलाउने मुख्य अधिकार दिने भएका छन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न सहयोग गर्नुपर्ने शर्तमा ओली र प्रचण्ड दुवै अध्यक्ष रहेपनि पार्टी चलाउने मुख्य अधिकार प्रचण्डलाई दिने भएको हो । 

नेपाल कम्युनिस्ट पार्टीमा एक व्यक्ति एक पद गरेर सहमतिको बिन्दु तयार गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद नछाड्ने अडान लिइरहँदा सहमतिका लागि बीचको बाटोको खाजी भइरहँदा त्यस्तो प्रयास भइरहेको हो ।

ओलीनिकटस्थ स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल बिहिबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले ओलीका तर्फबाट सहमतिको बटमलाइनबारे छलफल गरे । 

विश्वस्त स्रोतका अनुसार ओली पक्षले पार्टी नेतृत्व प्रचण्डले लिनेगरी सहमति निकाल्न सकिने तर त्यसका लागि एमसीसी पारित गर्न सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । ओली र प्रचण्ड दुवै अध्यक्ष रहेपनि पार्टी चलाउने मुख्य अधिकार प्रचण्डलाई दिने उनीहरुको प्रस्ताव थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech