ओली एक्लो बृहस्पति हुन खोज्यो, पार्टीको सिद्धान्त मान्नुपर्छः नेता मण्डल

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता शिवकुमार मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली एक्लो बृहस्पति हुन खोजेको बताएका छन् । 

पूर्वमन्त्री समेत रहेका नेता मण्डलले एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली एक्लो बृहस्पति हुन खोजेको उनको आरोप लगाएका हुन् । 

उनले ‘प्रधानमन्त्री एवम् अध्यक्ष ओली चाहीँ एक्लो बृहस्पति हुन खोजेको छ, यही कारणले गर्दा समस्याको समाधान निस्कन सकेको छैन ।’ भनेका छन् । उनले प्रधानमन्त्री ओली पार्टीको विधि, पद्धती, सिद्धान्त मान्नुपर्ने बताउँदै बैठकबाट भाग्न नहुने स्पष्ट पारेका छन् । 

मण्डलले पार्टी एकता जोगाउनको लागि र अहिलेको समस्या समाधानको लागि अर्का अध्यक्ष पुष्पकमल दाहालले निरन्तर सम्वाद गर्ने गरेको र हदैसम्मको लचकता पनि प्रदर्शन गरेको सुनाए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech