चीनकी भाइरस विशेषज्ञ डा. यानले कोरोना सम्बन्धी गरिन् यस्ताे खुलासा, चीनको ठुलो लापरवाही !

  |   प्रकाशित :

काठमाडौं। चीनले कोरोना भाइरससम्बन्धी सूचना लुकाएको खुलासा भएको छ । 

चीनले कोरोना भाइरससम्बन्धी सूचना लुकाएको चीनकै एक भाइरस विशेषज्ञले खुलासा गरेकी हुन् । यस सम्बन्धी भाइरोलोजिस्ट डा. ली मेंग यानले खुलासा गरेकी हुन् ।

उनका अनुसार चीनले विश्वसामु कोरोना भाइरसबारे जानकारी गराउनु भन्दा धेरै अगाडी नै चीनलाई यसबारे थाहा थियो । डा. यानका अनुसार त्यहाँका सुपरभाइजरले  कोरोना सम्बन्धी रिसर्चलाई बेवास्ता गरेका थिए, जुन रिसर्चले मानिसको जीवन बचाउन सक्थ्यो ।

अमेरिकाको फक्स न्यूजलाई दिएको अन्तरवार्तामा भाइरोलोजिस्ट डा. यानले यस्तो बताएकी थिइन् । उनी गएको अप्रिल महिनाको अन्त्यमा हङकङबाट भागेर अमेरिका गएकी थिइन् । उनी हङकङ स्कुल अफ पब्लिक हेल्थमा भाइरोलोजी र इम्युनोलोजीकी विशेषज्ञ थिइन् ।

लीका अनुसार क्याम्पसबाट निस्कने क्रममा उनले धेरै सावधानी अपनाएकी थिइन् ताकि क्यामेरा र सेन्सरबाट बच्न सकुन् किनकि उनी समातिएको खण्डमा उनलाई जेलमा हाल्न सकिन्थ्यो वा उनलाई ‘गायब’ पारिदिन सकिन्थ्यो ।

अन्तरवार्तामा ली मेंगले चीन सरकार अहिले पनि आफ्नो प्रतिष्ठा समाप्त पार्न लागिपरेको र उनलाई चुप गराउनको लागि साइबर आक्रमण भइरहेको बताइन् । अहिले उनी अज्ञात स्थानमा छिन् ।

लीले आफूलाई आफ्नो जीवन खतरामा भएको महसुस भइरहेको बताउँदै आफू कहिल्यै घर फर्किन पाउँदिन जस्तो लागिरहेको बताइन् । उनले आफूसँग भएको कोरोनाभाइरस सम्बन्धी जानकारी चीनमा बताएको भए आफूलाई गायब पारेर मारिने बताइन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech