चिनियाँ दमनविरुद्ध उइगरहरुले अठाए कठोर कदम, अन्तर्राष्ट्रिय अदालतमा गर्यो मुद्दा दर्ता

  |   प्रकाशित :

काठमाडौं । उइगरहरुमाथि निरन्तरको दमन र नरसंहारविरुद्ध चीनमाथि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता भएको छ । चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुले आफुहरुलाई निरन्तर दमन गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराएका हुन् । 

उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराएको दी न्युयोर्क टाइम्सले जनाएको छ । दी न्युयोर्क टाइम्सका अनुसार लन्डनमा रहेर वकालत गरिरहेका दुई उइगर अभियानकर्मी समूहद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरिएका हुन् । उनीहरुले दर्ता गरेको मुद्दामा अवैधरुपमा चीनले नियन्त्रणमा राखेका हजारौं उइगरहरुलाई रिहा गराउनुपर्ने माग समेत राखेका छन् ।

मुस्लिम महिलामाथि शोषण

चीनको शिनजियाङ इलाकामा एक करोडभन्दा बढी उइगर मुसलमानहरु बसोवास गर्दै आएका छन् । जसलाई खुल्ला जेल जस्तो गरि नजरबन्दमा राखिएको केहि समय अगाडी तथ्य सार्वजनिक भएको थियो । नजरबन्दमा राखिएका केही महिलाहरुले आफूहरुमाथि इन्जेक्सन दिएर बाँझी बनाइरहेको आरोप पनि लगाएका थिए। चीनको यस कार्यले उनीहरु बच्चा नपाउने र उइगर मुस्लिमको संख्या घट्दै जाने अधिकारवादीहरु बताउँछन् । 

हिरासतमा रहेका महिलालाई त समय समयमा आएर इन्जेक्सन दिएपछि महिनावारी समेत बन्द भएको रिपोर्टहरु सार्वजनिक भएको थियो । एक रिपोर्टका अनुसार उइगर मुस्लिम महिलालाई चिनियाँ पुरुषसंग सुत्नका लागि जवरजस्ती वाध्य समेत पारिएको छ । त्यहाँ ‘जोडी बनाऊ, परिवार बन’ भनी कार्यक्रम नै चलाइएको पनि बताइएको छ । पीडित महिलाहरुलाई जेलको सानो कोठामा ५० जनालाई राखिएको छ। 

एकातिर पाकिस्तानले विश्वकै आफूलाई इस्लामको रक्षकका रुपमा प्रस्तुत गरिरहँदा उसको सबैभन्दा निकटको छिमेकी चीनले तिनै उइगर मुसलमानमाथि चरम दमन गरिरहेको तथ्य पाइएको छ । अमेरिकाको वल्ड ट्रेड सेन्टरमा सन् २००१ मा भएको आतंकवादी हमलापछि चीनमा उइगर मुसलमानमाथि दमन र सरकारी प्रतिवन्ध बढ्दै गएको छ । चीनको दमन यतिसम्म बढ्दै गएको छ कि मुस्लिमलाई सन् २०१४ मा उनीहरुमाथि रमजानका समयमा रोजा राख्न पनि प्रतिवन्ध लगाइएको थियो । 

चीन उइगरको जनसंख्यमा कम गराउन जबरजस्ती जन्म नियन्त्रण गराउँदै

चीनले सिन्जियाङमा अल्पसंख्यक मुस्लिम समुदायको जनसंख्या नियन्त्रण गर्न उइगरलाई जबरजस्ती जन्म रोक्‍ने अभियान थालेको एक अध्ययनले जनाएको छ । एक चिनियाँ अध्यताले अन्तर्राष्ट्रिय समुदायलाई यसको अनुसन्धान गर्न आग्रह गरको छन् । 

चीनले त्यहाँका लाखौं उइगरहरुलाई हिरासतमा राखेको छ । महिलाहरुलाई जबरजस्ती गर्भनिरोधक साधनको प्रयोग गराइरहेकोसमेत जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले यस्ता भयानक अभ्यासहरु रोक्‍न चीनलाई आग्रह गरेका थिए । 

बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्‍न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो । 

नई मुसीबत में फंसा चीन ! जिनपिंग ...

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech