नेपाल कोरोना अपडेटः संक्रमितको सँख्या १६ हजार ९ सय ४५ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech