एमसीसीबारे पार्टीले कुनै निर्णय गरेको छैनः जसपा

  |   प्रकाशित :

काठमाडौं । जनता समाजवादी पार्टीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीले अझै निर्णय नगरेको बताएका छन् । 

आज प्रेस विज्ञप्तिमार्फत् जसपाले यसबारे छलफल चलिरहेको बताएको हो । जसपा एमसीसीको विपक्षमा उभिएको भन्दै खबरहरु बाहिर आएपछि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको उल्लेख छ । 

‘हाल यस सम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’ विज्ञप्तिमा भनिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech