नेता सिंहले भन्छन्, ‘समृद्धिको अभियान काँग्रेसले पूरा गर्छ’

  |   प्रकाशित :

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् । 

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताएका हुन्। पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४ औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे ।

“फागुन ७ देखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,” उनले भनेका छन् ।  नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech