ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन

  |   प्रकाशित :

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन जारी छ ।

भानु जयन्ती अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत होइन, नेपालकै भूभाग पर्साको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए ।

यही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीको नेपाल तथा भारतमा समेत बिरोध भइरहेको छ । प्रधानमन्त्री ओलीबिरुद्ध प्रदर्शन गर्नेहरुले केपी ओली मुर्दावाद भन्दै नारा समेत लगाइरहेका छन् ।

त्यतिमात्रै नभई यतिबेला रामको ससुराली जनकपुरमा ओलीबिरुद्ध निरन्तर प्रदर्शन भइरहेको छ । बुधवार जनकपुरमा हिन्दू परिषद् नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech