राजतन्त्र फर्काउने चिनियाँ षडयन्त्रको भरत दाहालले भयंकर खुलासा, ओली गणतन्त्रको अन्तिम प्रधानमन्त्री हुने !

  |   प्रकाशित :

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालले देशमा राजतन्त्र फर्कने खुलासा गरेका छन् । 

त्रेता युगकालिन भगवान रामको जन्मस्थलबारे ओलीले दिएको अभिव्यक्तिवारे एक कार्यक्रममा बोल्दै भरत दाहालले राजतन्त्र फर्काउने चिनियाँ षडयन्त्रको भयंकर खुलासा गरेका हुन् । 

उनले कार्यक्रममा बल्दै गणतन्त्र कुनै पनि कोणबाट अगाडी नबढ्ने बताएका छन् । उनले ‘कुनै पनि कोणबाट गणतन्त्र अगाडी बढ्दैन’ भनेका छन् । उनले जनमत र आर्थिक कोणबाट गणतन्त्र अगाडी बढ्न नसक्ने उनको भनाई छ । 

देशको वार्षिक बजेट भन्दा विदेशी ऋण बढी भएको संघियता नचल्ने पनि उनले बताए । दाहालले केपी शर्मा ओली गणतन्त्र नेपालको अन्तिम प्रधानमन्त्री भएको पनि बताएका छन् । 

उनले देशमा राजतन्त्र हुँदा देशको अवस्था समान्य रहेको र गणतन्त्र आएसँगै देशको परस्थिती असमान्य बनेको बताए । उनले देश अहिले विदेशीहरुको प्रयोगशाला भएको पनि टिप्पनी गरेका छन् ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech