१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने वडाध्यक्ष पक्राउ

  |   प्रकाशित :

सुर्खेत । बलात्कारको आरोपमा  एक वडा अध्यक्ष पक्राउ परेका छन् । 

किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका हुन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए । 

बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए । उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech