कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सँख्या ३९ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ।

बुधबार रौतहटका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो। योसँगै देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सँख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले बताए ।

रौतहटका ३६ वर्षीय पुरुषको बुधबार दिउँसो साढे २ बजे निधन भएको मन्त्रालयले जनाएको छ। असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो।

असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार एक सय ७१ पुगेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech