भारतको आसाममा भिषण बाढी, ५० जनाले गुमाए ज्यान, २० लाख प्रभावित

  |   प्रकाशित :

भारत ।  बाढीका कारण आसाम राज्यको बिभिन्न ठाउँमा गरि ५० जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै बाढीबाट बीस लाख भन्दा बढी व्यक्ति प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार भारी वर्षाले हजारौँ घर डुबानमा परेका छन् । 

विस्थापितहरूका लागि सयौँ राहत शिविर बनाइएका छन् । भारतको आसाम, पश्चिम बङ्गाल, बिहार, उत्तरप्रदेश राज्य बाढीले बढी प्रभावित भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत आसामको काजिराङ्गा राष्ट्रिय निकुञ्जको अधिकांश भाग डुबानमा परेको छ । 

करिब ५१ जङ्गली जनावरको मृत्यु भएको छ । एक सय दुईको उद्धार गरिएको छ । उक्त राष्ट्रिय निकुञ्ज विश्वको दुई तिहाइ एकसिङ्गे गैँडाको बासस्थान हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech