प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 

नेपाल पाना प्रकाशित: २०७४-१२-३० गते | 2184 पटक हेरिएको
प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 

हेटौंडा । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको प्रशंसा गरेका छन्, । 

दर्शकहरु संग बसेर सिनेमा हेर्दै निर्देशक यादब भट्राईले चलचत्रिमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि भट्राईले सती प्रथामा आधारित झोला निर्देशन गरेका थिए । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै प्रहरी उपरिक्षक खनाल तथा माईति नेपालकी संयोजक लामाले यस्ता खालको चलचित्रले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिकृया दिुए । 

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र भोर तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि शो गरेको जानकारी दिए ।  चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि एन पटेल लगायतको अभिनय रहेको छ । 


पोखरा प्रिमियर लिगको लागि मैदानको तयारी अन्तिम चरणमा
पोखरा प्रिमियर लिगको लागि मैदानको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीपए टी-२० क्रिकेट आयोजना हुँदैछ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट..

अब ‘निर्देशक’ ऋषि धमला, ‘नायक’ रवि लामिछाने
अब ‘निर्देशक’ ऋषि धमला, ‘नायक’ रवि लामिछाने

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाले निर्देशन गरेको चलचित्र ‘अनुराग’ हेरेर अर्का चर्चित पत्रकार रवि लामिछानेले आफु नायक बन्ने अभिव्यक्ति दिएका छन् । बिहीबारऋषि..

पूर्णकला विसिको स्वरमा 'जय दुर्गा माता' सार्वजनिक (भिडियोसहित)
पूर्णकला विसिको स्वरमा 'जय दुर्गा माता' सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएसंगै बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।  चर्चितलोक गायिका पूर्णकला विसि र तेजु परियारको स्वरमा 'जय दुर्गा..

नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ : पूर्वप्रधानमन्त्री खनाल
नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चल..