भारतमा अाईपीएल: नेपालमा करोडौंको सट्टाबाजी

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-१-१ गते | 883 पटक हेरिएको
भारतमा अाईपीएल: नेपालमा करोडौंको सट्टाबाजी

वीरगञ्ज । भारतमा चैत २३ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगञ्जमाखेलको हारजितका लागि सट्टा व्यापक रूपमा चलिरहेको छ ।

आईपीएलको सट्टाबाजीमा दैनिक अधिकतम एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

आईपीएलको हारजितको बाजी लगाउनेमा क्रिकेटप्रेमी युवा मात्र नभई औद्योगिक घरानाका प्रतिनिधि, राजस्व छलेर सामान भित्र्याउने कारोबारी, राजनीतिक दलका नेतादेखि ठेकेदारसम्म छन् । वीरगञ्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरूले गोप्य रूपमा कार्यालय नै सञ्चालन गरेका छन् ।

आईपीएल म्याचमा हारजितको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यापारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रका घरमा कोठा भाडामा लिएर दलालले गोप्य रूपमा सट्टाबाजी कार्यालय सञ्चालन गरेका हुन् ।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्तकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ ।

वीरगञ्जमा आईपीएलको सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरू दलाल मत्रै हुन् । सट्टाबाजको मुख्य गिरोह भारत राजस्थानको जयपुरमा छ । 

जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगञ्जमा छ व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..