कम्युनिष्टहरूलाई धक्का दिन सुरु भयो कांग्रेसको ५० दिने अभियान, अब दलित र गरिवको घरमा बास

नेपाल पाना प्रकाशित: २०७५-१-२ गते | 6816 पटक हेरिएको
कम्युनिष्टहरूलाई धक्का दिन सुरु भयो कांग्रेसको ५० दिने अभियान, अब दलित र गरिवको घरमा बास

गुल्मी । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हार व्यहोर्न पुगेको नेपाली कांग्रेस गुल्मीले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।

गुल्मी कांग्रेसले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको हो । जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने उद्देश्यले ५० दिने अभियान नयाँ वर्षको पहिलो दिनबाट सुरु गरिएको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

अभियानबाट जनतासँगको सम्बन्ध सुधार हुने र देशभरकै लागि प्रेरणादायी बन्ने कांग्रेसको विश्वास छ । गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिंगो कांग्रेसलाई भिटामिनको क्याप्सुलको जस्तै काम गर्ने सभापति श्रेष्ठले बताए ।

गुल्मी कांग्रेसले अभियानको क्रममा जिल्लाका ९३ वटै वडामा पुग्ने योजना बनाएको छ । चुनावको बेला मात्रै गाउँ घरमा पुग्ने र चुनाव जितेपछि गाउँमै नफर्किने गर्दा जनतासँगको सम्बन्ध टाढिएको निष्कर्षसहित कांग्रेसले सम्बन्ध सुधारको अभियान थालेको हो ।

गरिव, दलित र अति सिमान्तकृत जनता कांग्रेससँग नजिक नरहेको निश्कर्ष निकाल्दै अभियान सुरु गरिएको सभापति श्रेष्ठले बताए ।

नेता, कार्यकर्ताहरू पाहुनाको रुपमा होइन गरिव सर्वसाधारण, जनताको लवाइ खुवाइ र बसाइ जस्तो छ त्यस्तै भएर ५० दिनसम्म खट्ने छन् ।

विशेषगरी गरिव, दलितको घरमा बस्ने, उनीहरूले जस्तो खान्छन् त्यस्तै खाने, उनीहरूको कामलाई सघाउने, जातीय विभेद, सामाजिक विकृति विसंगति र कुरितीलाई हटाउने काममा सक्रिय हुने गरी योजना बनाइएको छ । 

कांग्रेस कार्यकर्ताले जातीय छुवाछुत वा विभेद गरेमा पार्टी सदस्यता नै खारेज गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।

अभियानको पहिलो हप्तासम्म पार्टी शुद्धृढीकरण, सम्पूर्ण जनवर्गीय संगठनको पुनर्गठन, पार्टी सदस्यता नवीकरण गर्ने कार्ययोजना बनाइएको छ । त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यीय छायाँ सरकार पनि गठन गरिनेछ ।

दोस्रो र तेस्रो हप्तासम्म कांग्रेस नेता कार्यकर्ताहरू सामाजिक कार्यमा सहभागी हुनेछन् । पोखरी, चौतारी, विद्यालय जस्ता सार्वजनिक स्थान निर्माण गर्ने, सरसफाइ गर्ने र सामाजिक विकृति, विसंगतिविरुद्ध चेतनामुलक कार्यक्रम गर्ने गुल्मी कांग्रेसले जनाएको छ । 

विकास निर्माणमा हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीको भण्डाफोर गर्दै जनतालाई जागरुक बनाउने योजना पनि बनाइएको छ ।

जिल्लाभरका सबै स्थानीय तहहरूमध्ये ९३ वडामा ८६ जना कांग्रेसका नेताहरू गाउँगाउँमा पुगेर शनिवार बिहानैबाट शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेको कांग्रेस गुल्मीकी प्रवक्ता बिष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


संसद्मा १४.४९ प्रतिशत मात्र युवाः सबैभन्दा बढी प्रदेश २ मा
संसद्मा १४.४९ प्रतिशत मात्र युवाः सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौं। संघीय संरचनाअनुसार गठन भएका तीनवटै संसदमा युवाको प्रतिनिधित्व न्यून रहेको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा सांसद नि..

अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’
अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा  सरकारप्रति कडा रूपमा प्रस्तुत भएका छन्। चुनाव अघि कम्युनिष्टले जितेमा रून पनि नपाइने..

कांग्रेस–माओवादीको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, वार्ता निष्कर्ष बिहिन टुङ्गिनुकाे यस्ताे छ कारण
कांग्रेस–माओवादीको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, वार्ता निष्कर्ष बिहिन टुङ्गिनुकाे यस्ताे छ कारण

काठमाडाैँ । नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकार बनाउनका लागि दुवै दलको भित्री तयारी भइरहेको गरेको खुलासा भएको छ । दुवै दलका पार्टी हाक्ने हैसियत राखेका नेताहरूबीच..

बाहिरियो चीनको असली रुप, सिल्क रोडको नाममा सेना पठाउने तयारी गरेको खुल्यो
बाहिरियो चीनको असली रुप, सिल्क रोडको नाममा सेना पठाउने तयारी गरेको खुल्यो

न्युरोर्क । शक्ति राष्ट्र चीनले अन्तर्राष्ट्रिय व्यापार र आर्थिक वृद्धिको विकासको उद्देश्यले ठूलो मात्रामा रकम खर्चिने भनिएको चिनियाँ पूर्वाधार कार्यक्रमको वास्तविक उद्देश्य च..