एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-१-३ गते | 681 पटक हेरिएको
एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकता हुन कठिन हुँदै गएको छ । जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठेरो मोडमा पुगेको हो ।

एमाले पक्षका नेता पार्टीको जन्म दिन वैशाख ९ गते नै एमाले र माओवादी एकता घोषणा हुने कुरामा ढुक्क छन्। यद्यपी माओवादीका नेताहरु वैशाख ९ गते नै एकता हुन कठिन हुने धारणा राख्दै आएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पार्टी एकीकरण प्रक्रिया संवादहीन रहकै अवस्थामा माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ एकाएक सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। दाहाल राजनीतिक तनावबाट मुक्त हुन वा राजनीतिलाई निकास दिन अथवा विशेष गृहकार्यका लागि सुकुटे जाने गरेका छन् । माओवादी नेता अग्निप्रसाद सापकोटाका साथ सुकुटे पुगेका दाहाल सोमबार प्रधानमन्त्री केपी ओलीसँग हुने द्विपक्षीय वार्ताको बारेमा गम्भीर गृहकार्य गर्न सुकुटे पुगेको स्रोतको दाबी छ । ‘पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पनि गृहकार्य आवश्यक पर्ने भएकाले अध्यक्ष सुकुटे आउनु भएको हो’, स्रोतले भन्यो ।

एमाले र माआोवादी नेता संलग्न संगठन सम्बन्धी कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलले वैशाख ९ गते कम्युनिस्ट पार्टीकै जन्म दिन पार्टी एकता गर्न सुझाव दिएको थियो । कार्यदलको सुझाव अनुसार शीर्ष नेताले पनि वैशाख ९ गते नै पार्टी एकता घोषणा गर्नेगरी तयारी अघि बढाउने निर्णय गरिसकेका छन् ।

यद्यपी अझै धेरै विवाद मिल्न बाँकी रहेको र समाधानको प्रयास पनि नभएकाले सो मितिमा एकता नहुनेभन्दै माओवादी केन्द्रका एक नेताले भने,‘ विवादित विषय मिलाउन कुनै प्रयास भएकै छैन । अब वैशाख ९ गते त कसरी एकता हुन्छ रु’ दुईवटा कार्यदलले विवादित विषय मिलाउने जिम्मा शीर्षस्थ नेतालाई दिएका थिए सो अनुसार एकता संयोजन समितिको बैठक नै बस्न नसकेको ती नेताले बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भमणबाट फर्किएपछि बैठक बोलाइए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थताको कारण देखाएर अनुपस्थित भएकाले बैठक बस्न सकेन। प्रधानमन्त्रीको रारा सम्बोधनका कारण आइतबारसम्म शीर्ष नेताद्वयकै बैठक बस्ने सकेको छैन ।

एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमण र राराबाट देशवासीका नाममा दिएको सम्बोधनले पार्टी एकता प्रक्रिया केही ढिलो जस्तो देखिए पनि केही दिनमै ओली र दाहालबीच बैठक बस्दै सहमतिका बाँकी प्रक्रिया अघि बढ्ने बताए ।

उनले अन्नपूर्णसँग भने,‘आज भोलिमै दुई नेता बस्नुहुन्छ। त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ र पूर्व निर्धारित वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ ।’ एमालेका अर्का एक नेताले पार्टी एकताकाबारेमा छलफल गर्न यसै साता पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको जानकारी दिए । उनले भने,‘बैठक एकता प्रक्रियाका सबै विषयमा सहमति जुटाउने उद्देश्य रहेको छ ।’

माओवादीका पदाधिकारी मणि थापाले नेताद्वय ओली र दाहालबीच बैठक बस्दै, सोही अनुसार संयोजक समिति, कार्यदल र आआफ्नो पार्टीका विभिन्न निकायको बैठक बस्दै एकता प्रक्रियामा जाने बताए । उनले भने,‘ यो सबै प्रक्रिया पूरागर्दै वैशाख ९ गते नै एकता घोषणागर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना देखिदैन, त्यसैले पूर्व निर्धारित मितिमा एकता असम्भव छ ।’ पार्टी एकतालाई अन्तिम चरणमा पुर्याउने उद्देश्यका साथ एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल र माओवादी अध्यक्ष दाहालबीच आइतबार बिहान वार्ता भएको जानकारी एमाले स्रोतले दिएको छ ।

ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

गंगामायाका पुत्र नुरप्रशादको एउटा कर्तुतः अदालतको फैसला सुनेपछि इजलासमै तोडफोड

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!
अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!

सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।  महानगरमा सुधारका काम न..

कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !
कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेक..

बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ
बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ ।  बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थिय..

किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन
किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाएको छ । १३..