चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-१-३ गते | 460 पटक हेरिएको
चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?

काठमाडौं। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन्। यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन्। 

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि अन्तिम रूप पाउन सकेको छैन। सम्झौतासँगै चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा चिनियाँ पक्षले चासो देखाए पनि यसले पनि अझै अन्तिम रूप पाएको छैन।

चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्यलगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा परराष्ट्र अधिकारीले गरेका छन्।

अधिकारीहरूका अनुसार उत्पादन क्षमता वृद्धि र चिनियाँ लगानी भित्र्याउने विषयको प्रोटोकल भने अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र व्यापार क्षेत्रमा चिनियाँ पक्षले आफ्नातर्फबाट काम सकेर नेपालसमक्ष धारणा राखिसकेको छ । त्यसमा नेपालले अध्ययन गरिरहेको बताइए पनि टुंगो लाग्न सकेको छैन।

चीनसँग पारवहन सम्झौता भएको एक वर्षपछि नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा हस्ताक्षर गर्‍यो तर त्यसमार्फत लगानी भित्र्याउन खासै पहल गरेको छैन । २०७४ असार पहिलो साता नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको ११ औं बैठकमा पनि यसअघि भएका सम्झौता र प्रधानमन्त्री स्तरका भ्रमणमा भएका सहमतिबारे छलफल भए तर कार्यान्वयनमा कुनै प्रगति हुन सकेन । दुईपक्षीय तथा बहुपक्षीय विषयमा पुनरावलोकन गर्न बनेको उक्त संयन्त्रको बैठक ४ वर्षपछि बसेको थियो । माघमा अर्को बैठक बेइजिङमा बस्ने भनिए पनि बसेन।(कान्तिपुर दैनिक)

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


यसकारण ओली-प्रचण्ड भए आमुने-सामुन्ने, नेकपामा बबण्डर !
यसकारण ओली-प्रचण्ड भए आमुने-सामुन्ने, नेकपामा बबण्डर !

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओल..

पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी
पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । ..

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण
सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

काठमाडौं । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ ।  असार ३१ गते गृहमन्त्री रामबहादुर थापा,..

सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?
सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?

काठमाडौं ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि स..